आमाको माया अभियास | Note of aama ko maya lesson 1 class 12

    कविता 

    आमाको माया
    आमा, त्यो आउँछ र ? 
    ‘‘हो, बा, त्यो आउँछ
    त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ 
    त्यसको कम्मरमा झुन्डिएको शीत जस्तै टल्कने

    तिमी एक हतियार देख्ने छौ
    त्यसैले ऊ अधर्मसित लड्ने छ
    त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
    छामछुम गर्ने छौ तर त्यो हिउँ र आगोभन्दा पनि
    बढ्ता छोइने भएर आउँछ’’
    हो र आमा !
    “हो, तिमी जन्मँदा तिम्रो कलिलो अनुहारमा
    त्यसकै छाया देख्ने आशा गरेकी थिएँ
    तिम्रो हिस्सी परेको हँसाइमा त्यसैको सुन्दर छवि
    तिम्रो तोते बोलीमा त्यसैको मधुर ध्वनि
    तर त्यो मिठो गीतले तिमीलाई
    आफ्नो बाँसुरी बनाएनछ ! 
    त्यो तिमी नै हौला भन्ने
    मेरो यौवनभरिको सपना थियो 
    जे होस् त्यो आउँछ
    म आमा हुँ, सारा सिर्जनाशक्तिको मुख भएर
    म भन्न सक्छु
    त्यो आउँछ
    मैले यो कुनै अल्छी सपना देखेको होइन !
    त्यो आएपछि तिमी यसरी
    मेरो काखमा आएर घोप्टिने छैनौ
    सत्य कुरालाई तिमी यसरी
    चुम्बकिएर कथा सुने झैँ सुन्ने छैनौ
    तिमी त्यसलाई आफैँ नै देख्न सक्ने, सहन सक्ने र
    ग्रहण गर्न सक्ने हुने छौ
    मैले यसरी धैर्य दिनुको सट्टा तिमी सङ्ग्राममा जाँदा
    लाख सम्झाएर पनि नमान्ने आमाको मनलाई
    सान्त्वना दिँदै बिदा हुने छौ
    मैले यसरी रोगीलाई झैँ तिम्रो कपाल
    मुसारिरहनुपर्ने छैन
    हेरौँला, त्यो हुरी भएर आउने छ
    तिमी पात भएर पछ्याउने छौ
    उहिले त्यो जीवनलोकबाट झरेर जून जस्तै पोखिँदा
    सारा जडता सगबगाएको थियो, बा,
    त्यो आउने छ, तिमी उठ्ने छौ ।’’
    त्यो आउँछ कि आमा,
    मधुर उषाले चराहरूको कण्ठलाई जस्तै
    त्यो आउने आशाले मेरो हृदयलाई कुत्कुत्याइसक्यो आमा !
    ‘‘हो, त्यो आउँछ,
    त्यो बिहानको सूर्य झैँ उज्यालो छर्दै आउँछ 
    नेपाली, कक्षा १२ घ
    अब म उठेँ, गएँ
    तर त्यो तिमी नै हौला भन्ने
    मेरो यौवनभरिको सपना थियो !’’


    अभियास
     


    आमा को सपना कविता को मूल भाव


    आमा को सपना के हो र त्यो कसरी साकार हुन सक्छन्, "आमाको सपना" कविताका आधारमा समीक्षात्मक उत्तर लेख्नुहोस्।

    Post a Comment

    Previous Post Next Post